कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा तय, यी हुन् ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरु

काठमाडौं–कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी कात्तिक ३० र मंसिर १ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जनाएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक÷प्राचार्यबाट प्रमाणित गराई कात्तिक २२ गतेभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ ।
बोर्डका अनुसार कात्तिक कात्तिक ३० गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ भने मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेको परीक्षा हुनेछ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर