शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेकोको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

मङ्गलबार, ०७ असोज २०७६, १० : ३८
मङ्गलबार, ०७ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका थिए । 

“नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ । 

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप