शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

मङ्गलबार, ०७ असोज २०७६, ०७ : ५५
मङ्गलबार, ०७ असोज २०७६

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ ।

‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।

पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ ।

एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्याइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो । यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप