‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा
![‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा](https://rpcdn.ratopati.com/media/albums/kp_oli_QPXILRTlTV.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित २ दिने छलफलमा नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए ।
‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भएपनि थिचोमिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । यो समाचार कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने