बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आठ दशकका बिजुक्छेः पाँच दशक नेमकिपाको अध्यक्ष

सोमबार, ०६ असोज २०७६, २२ : ३५
सोमबार, ०६ असोज २०७६

भक्तपुर-नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन । बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् । १९९६ मा भक्तपुरमा जन्मिएका बिजुक्छे ८० बर्षका भए । २०३१ सालमा स्थापना भएको पार्टीमा उनी लगातार अध्यक्ष चुनिदै आएका छन् ।

अन्य नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् ।  त्यसैगरी  सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।

कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका छन् ।

नेमकिपाको महाधिवेशन यहि असोज ३ गते शुक्रबारदेखी सुरु भएर आज सोमबार समापन भएको छ ।

नेमकिपाको पार्टी सम्मेलन र महाधिवेशनको इतिहास
स्थापना २०३१ माघ १० (२३ जनवरी, १९७५)

१) प्रथम सम्मेलन  २०४७ पौष २८,२९ र ३०  भैरहवा
२) दोश्रो सम्मेलन (जरुरी) २०५१ असोज ३ र ४ भक्तपुर
३) तेश्रो सम्मेलन २०५५ माघ १२,१४ र १५    भक्तपुर
४) चौथो महाधिवशेन २०६० भदौ ११,१२ र १३ भक्तपुर
५) पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८  काठमाडौं
६) छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौं
७) सातौ महाधिवेशन २०७६ असोज ३,४ ५   भक्तपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप