शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश सेमिफाइनलमा

सोमबार, ०६ असोज २०७६, २० : ५२
सोमबार, ०६ असोज २०७६

काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो । 

बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न सकेन । यस बराबरीसँगै समूह ‘बी’ मा रहेको बंगलादेशले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० गोलले हराएको थियो ।

भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना विजित छ । बराबरीसँगै भारतले एक अंक बनाएको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि यस समूहको सेमिफाइनल समिकरण पूरा हुनेछ । मंगलबार अर्को समूहको भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप