शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्सफोर्ड विश्वविद्यालय प्रेसले प्रधानाध्यापकहरुलाई दियो नेतृत्व प्रशिक्षण

सोमबार, ०६ असोज २०७६, १९ : ०७
सोमबार, ०६ असोज २०७६

काठमाडौं– विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय अक्सफोर्ड प्रेस विश्वविद्यालयले २२ सेप्टेम्बरमा काठमाडौंको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशभरका अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागी रहेको थियो ।

यस अन्तरक्रिया कार्यक्रम मुख्यतः शिक्षामा ‘नेतृत्व संगै भावनात्मक बौद्धिकता‘ विकासको लागि केन्द्रित थियो । डा. कार्यक्रममा प्रख्यात डा. नीलकण्ठले प्रधानाध्यापकहरुको लागि प्रभावकारी नेतृत्वको के महत्व रहन्छ र यसमा कसरी विद्यार्थीसँग अन्तरक्रिया गर्ने भन्ने कुरामा जोड दिए । 

चन्दबाग विद्यालयका भुषण गुरुङले भने, ‘यो एक व्यवहारिक कार्यक्रम हो । अन्तरक्रिया कार्यक्रम उपयुक्त नेतृत्वको लागि भावनात्मक शक्तिको महत्व कत्तिको छ भन्ने बारेमा हो, यसले हामीलाई नेतृत्वमा ईक्यूको सर्वाेपरि महत्व हुने कुरा दर्शाएको छ । 

डा. एस नीलकण्ठ मनोविज्ञ प्रशिक्षक, फ्रीलेन्स प्रशिक्षक, परामर्शदाता हुन र उनले एनटीपीसी, भारतीय कोस्ट गार्ड, रक्षा मन्त्रालय जस्ता प्रतिष्ठित संस्थाहरुमा अधिकृतको रुपमा काम गरि धेरै निजी कर्पाेरेट्समा प्रमुख पदहरुमा कार्यरत भई ३४ वर्ष भन्दा लामो अनुभव बटुलेका छन् । साथै उनले प्राधानाध्यापक, शिक्षकहरु, विद्यार्थी एवं अभिभावकहरुको लागि नियमित रुपमा नेतृत्वको तालिम संचालन गर्दै आएका छन् ।

अक्सफोर्ड विश्वविद्यालय प्रेस 

अक्सफोर्ड विश्वविद्यालय प्रेस, अक्सफोर्ड विश्वविद्यालयको एक अंश हो । यसको थप उद्देश्य अनुसन्धानमा उत्कृष्ट, छात्रवृति र शिक्षामा अझ उपयुक्त बनाइ विश्वव्यापी रुपमा प्रकाशन गर्ने रहेको छ । अक्सफोर्ड विश्वविद्यालय प्रेस विश्वको सबैभन्दा ठुलो विश्वविद्यालय प्रेस हो ।

यसले हालै  शिक्षा, सन्दर्भ र शैक्षिक प्रकाशन गरेको छ र यसको कार्यालय ६० वटा देशहरुमा, लगभग ६,००० ले रोजगार पाएका छन् । यसको विविध प्रकाशन कार्यक्रममा जस्तैः शैक्षिक अनुशासन विषय अन्तर्गत उपयुक्त कार्यहरु, स्कुल, क्याम्पसका पाठ्यपुस्तकहरु, बच्चाहरुको पुस्तकहरु, अंग्रेजी पाठ्यको लागि शब्दकोश, सन्दर्भ सामाग्रीहरु र शैक्षिक पत्रिकाहरु संलग्न गरिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप