बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगा सुरुङमार्गको ठेक्का सम्झौता सम्पन्न

सोमबार, ०६ असोज २०७६, १८ : ४५
सोमबार, ०६ असोज २०७६

काठमाडौं– बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’ बीच ठेक्का सम्झौंता भएको हो ।

४२ महिनाभित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ ।

ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्व ५० करोड लाग्ने उल्लेख गरिएको छ । जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप