शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९ बर्षपछि ५० की जेनिफर जंगल ड्रेस र्‍याम्पमा, छुट्यो सबैको पसिना

सोमबार, ०६ असोज २०७६, १८ : ११
सोमबार, ०६ असोज २०७६

लन्डन– हलिउड अभिनेत्री जेनिफर लोपेज फिल्म दुनियाँमा हमेसा अभिनय र बोल्ड लुकको कारण चर्चामा रहने अभिनेत्री हुन् । हर समय उनका तस्बिरले शोसल मिडियामा तहल्का मच्चाउने गरेका छन् । अहिले उनी फिल्म ‘हसलर्स’ को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनले स्ट्रिपल क्रिमिनल मास्टरमाइन्डको भूमिका निर्वाह गरिरहेकी छिन् ।

यसैबीच उनी शुक्रबार मिलान फेसन विकमा पनि देखिएकी थिइन् । फेसन विकमा उनी ग्रिन कलरको जंगल ड्रे««समा र्याम्प वाकसमेत गरिन् । उमेर ५० लागेकी जेनिफरको उक्त र्याम्प शो दर्शकमा पसिना छुटाउने थियो । र्याम वाकको समय उनको किलर फिगरले धेरैको सास थामिएको थियो । 

सो अवसरमा उनी उनी निकै सेक्सी तथा हट अवतारमा प्रस्तुत भएकी थिइन् । अहिले उक्त र्याम्प शोका तस्बिर शोसल मिडियामा तिबै गतिमा भाइरल भइरहेका छन् । 

१९ बर्षपछि दोहोरियो इतिहास 

यस अगाडि जेनिफर २००० को ग्रामी अवार्डको दौरानमा यस्तो ड्रेसमा प्रस्तुत भएकी थिइन् । यही ड्रेसका कारण उनको गुगलमा रेकर्ड समेत बनेको थियो । सो समय उनको यो ड्रेसको तस्बिर गुगलमा सबैभन्दा बढी देखिएको थियो । १९ बर्षपछि जेनिफरले फेरि र्याम्पमा जंगल ड्रेस लगाएर नयाँ तथा पुरानो याद ताज गरेकी छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप