शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाको जोहोरबारुमा एनआरएनको सम्पर्क कार्यालय खोलियो

सोमबार, ०६ असोज २०७६, १६ : ५५
सोमबार, ०६ असोज २०७६

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले श्रमिकहरुको सहजतालाई मध्यनगर गर्दै एक सम्पर्क कार्यालयको स्थापना गरेको छ । 
एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको पहलमा जोहारबारुमा क्षेत्रीय सम्पर्क कार्यालयको स्थापना गरिएको हो । केही पहिले मात्रै भट्टराई एनआरएनए मलेसियाको अध्यक्ष चयन भएका थिए । 

नेपाली कामदार, नेपाली व्यवसायी साथै नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको सहजताका लागि संघको क्षेत्रीय कार्यालय स्थापना गरिएको भट्टराईले जानकारी दिए । 

उनले नेपालको पर्यटन र नेपालमा लगानी भित्र्याउनका लागि मलेसियाका व्यवसायीसँग निरन्तर सम्पर्क गरेर अगाडि बढ्ने योजना रहेको पनि सुनाए । 

जोहोरबारु क्षेत्रमा सम्पर्क कार्यालय स्थापनाकै क्रममा संघका नवनिर्वाचित पदाधिकारीलाई जोहोरबारु क्षेत्रमा रहेका नेपाली तथा संघका क्षेत्रीय प्रतिनिधिहरुले सम्मानसमेत गरेका थिए । 
मलेसियाको औद्योगिक क्षेत्र मानिने जोहोरबारुमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप