राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर

जनकपुर– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।
चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बनेका यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वभावना पार्टी, मधेसी जनधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टीको संयुक्त मोर्चाले पार्टीकरण भएपछि नवगठित राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई चयन गरेको थियो ।
करिब साढे ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको सो पार्टीले प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुबेर दुई बालकको मृत्यु
-
नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने