मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलको पिआरबिटी योजनाः आफ्नै धुन बनाई बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने

सोमबार, ०६ असोज २०७६, १४ : ५५
सोमबार, ०६ असोज २०७६

काठमाडौं– एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । 

साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् । 

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’ को  नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।

यो योजना सोमबार (असोज ६) बाट संचालनमा आउँदै छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २०,००० पुरस्कार स्वरुप प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।   

धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । 
 
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ । 

यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ । 

ग्राहकमा रहेको प्रतिभाको उजागर गर्न सहयोग गर्ने यस्तो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप