शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी

सोमबार, ०६ असोज २०७६, १४ : ३७
सोमबार, ०६ असोज २०७६

काठमाडौं– सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारे । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप