बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडल ‘सिजन ३’ विजेताको वर्ल्ड टुर हुने

सोमबार, ०६ असोज २०७६, १३ : ०२
सोमबार, ०६ असोज २०७६

काठमाडौं । नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ ।

गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको ‘टप ३’ बिजेतालाई  वल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपीवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले ‘टप ३’को वल्र्ड टुर यात्राबारे सम्झौता गरेका छन् ।

‘नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्ने माझ हामी उनीहरुलाई पुर्याउने छौँ,’ गृहेन्द्रले भने ।

कम्पनीले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा सञ्चालन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप