करेन्ट लागेर एक युवकको मृत्यु
सोमबार, ०६ असोज २०७६, १२ : ५६
सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए ।
मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको विजयले बताउनुभयो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा