शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई महिनाअघि कब्जामा लिएको बेलायती तेल ट्याङ्कर इरानले छाड्यो

सोमबार, ०६ असोज २०७६, ०९ : ३३
सोमबार, ०६ असोज २०७६

एजेन्सी । स्ट्रेट अफ हार्मुजबाट करीब दुई महिनाअघि समुद्री सीमा उल्लंघन गरेको आरोपमा कब्जामा लिएको बेलायती तेल ट्याङ्कर स्टेना इम्पेरोलाई इरानले आइतबार छाडेको छ ।

इरानको हार्मोजगन मेरीटाइम एन्ड पोर्टसका म्यानेजर अल्लाहमोराद अफीफीपोरले ट्याङ्कर छाडेको पुष्टि गर्दै बन्दर अब्बास पोर्टबाट अन्तर्राष्ट्रिय समुद्री सीमामा छाडिने बताए ।

अफीफीपोरका अनुसार ट्याङ्करलाई छाड्ने अनुमति दिए पनि नियम उल्लंघनको लागि कानूनी डोजियर अहिले पनि इरानको अदालतमा खुला रहेको छ ।

इरानले गत जुलाई १९ मा समुद्री सीमाको उल्लंघनको आरोपमा बेलायती तेल ट्याङ्करलाई जफत गरेको थियो ।

इरानी ट्याङ्करलाई जिब्राल्टरमा पक्रेको दुई हप्तापछि उसले पनि स्ट्रेट अफ हार्मुजबाट गइरहेको बेलायती ट्याङ्करलाई पक्रेको थियो ।

यद्यपि, इरानी अधिकारीहरुले बेलायती स्टेना इम्पेरो जफत र इरानी ट्याङ्कर ग्रेस वानको पक्राउको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको बताउँदै आएको छ ।

ग्रेस वानलाई जिब्राल्टरका अधिकारीहरुले १६ अगस्तमा रिहा गरेका थिए ।

इरानले यही महिना ट्याङ्करमा सवार ७ भारतीयलाई रिहा गरेको थियो । यसअघि १५ अगस्तमा तेल ट्याङ्करमा सवार एक भारतीय क्याप्टेनसहित चार क्रु सदस्यलाई पनि रिहा गरेको थियो ।

ट्याङ्करलाई जफत गर्ने बेला जहाजमा १८ भारतीय क्रु सदस्यसहित २३ व्यक्ति सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप