बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोताखोरले भेटे १४० वर्ष पहिले हराएको जहाज

सोमबार, ०६ असोज २०७६, ०९ : २८
सोमबार, ०६ असोज २०७६

अमेरिकाको मिशिगनस्थित उत्तरी समुन्द्रमा १४० वर्ष पुरानो पानी जहाज भेटिएको छ । उक्त जहाज सन् १८७८ मा बेपत्ता भएको थियो । 

विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले जानकारी दिए । उनले उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिट मूनी भेटिएको बताए । जहाजको केही भाग मात्रै फेला परेको उनले बताए ।

पेशेटिगो र सेन्ट एन्ड्रयूज नाम गरेको जहाजमा बेपत्ता भएको समयमा दुई–दुई जना क्रुका कर्मचारी थिए । इतिहासकार हेलस्ट्रोमका अनुसार जहाज खोज्नको लागि उनीहरुलाई थुप्रै गोताखोरको आवश्यता परेको थियो । 

पेशेटिगो जहाज १६१ फिट लामो थियो भने सेन्ट एन्ड्रयूज १४३ फिट लामो थियो । यी दुवै जहाज कोइला ढुवानी गर्न प्रयोग गरिदै आएको थियो । कुनै ठूलो चट्टानमा ठोकिएको कारण जहाज डुबेको बताइएको थियो । 

यो जहाज भेटिनुलाई अमेरिकाका समुन्द्र इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप