शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिल्बाओ र रियल विजयी

सोमबार, ०६ असोज २०७६, ०८ : ५०
सोमबार, ०६ असोज २०७६

एजेन्सी । शीर्ष टोली एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडले स्पेनिस ला लिगामा जीत निकालेका छन् । आइतबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई २–० गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई उसैको मैदानमा १–० गोलले पराजित गर्यो ।

बिल्बाओको जितमा राउल गार्सियाले ३८औं र लकर मुनियनले ७२औं मिनेटमा गोल गरेका थिए । जीतसँगै शीर्ष स्थानमा रहेको बिल्बाओले पाँच खेलबाट ११ अंक बनाएको छ । पाँच अंक बनाएको डिर्पोटिभो १३औं स्थानमा छ ।

यसैगरी रियलको जितमा करिम बेन्जेमाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा बेन्जेमाले ६४औँ मिनेटमा ड्यानियल कार्भाहलको पासमा गोल गर्दै रियलको उत्साह बढाएका थिए । लगातार गोल गर्ने अवसर बनाएपनि रियलले थप गोल गर्न भने सकेन । जितसँगै ११ अंक बनाएको रियल गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ । सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा छ ।

आइतबार राति भएको अन्य खेलमा गेटाफेले मालोर्कालाई ४–२ र रियल सोसियडाडले स्पान्योललाई ३–१ गोलले हराएको छ । भ्यालेन्सिया र लेगानेसले १–१ गोलको बरबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप