शालिकराम पुडासैनी मृत्यु प्रकारणमा साक्षीको बकपत्र सुरु : रवि लामिछाने सोमबारसम्म चितवनमै रहने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकारणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीले सोमबारसम्म चितवनमै बस्नुपर्ने भएको छ ।
आइतबारदेखि न्यायाधीश हेमन्त रावलको इजलासमा पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएकाले उनीहरुले चितवन नै बस्नु पर्ने भएको हो ।
लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइने छ । सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।
प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ । यसअघि उक्त मुद्धामा जिल्ला अदालत चितवनले लामिछाने र कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने पाँच लाख र कँडेल तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल