राष्ट्रपतिको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (फोटोफिचर)
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर विरोध प्रदर्शन गरेको हो ।
साथै संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
तरुण दलका नेता–कार्यकर्ताहरुले राष्ट्रपतिलाई पदीय मर्यादामा बस्नुपर्ने भन्दै नाराबाजी गरेको थिए । तरुण दलले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म राष्ट्रपति र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै खबरदारी र्याली गरेको थियो ।
संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले आफूभन्दा अगाडि बोलेका काँग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति व्यांग्य गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुझावका रुपमा कुरा राख्छु । यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ ।
नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो। ताली बज्यो । राम्रो बोल्नुभयो जस्तो लाग्यो । तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन । कान सुनिएन । अब मिडियाबाट थाह पाइएला ।’
देउवालाई लक्षित गरेर दिएको अभिव्यक्ति राष्ट्रपतिको पदीय मर्यादा विपरीत भएको भन्दै काँग्रेस कार्यकर्ताले समाजिक संजालमा पनि आक्रोश पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु