पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता
न्यूयोर्क– संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् । उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको ‘विशेष विमान’मा शनिबार न्यूयोर्क आएका हुन् । न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए ।
प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब गएका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उनी साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन्।
दुवै मुस्लिम राष्ट्रका युवराज र प्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन् । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । –एएनआई /Photo: Pm- office-pakistan
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा हुवावेईको विक्री आकासियो
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?