बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिपायलमा निकालियो, महोत्तरीमा धर्ना

आइतबार, ०५ असोज २०७६, १६ : ४०
आइतबार, ०५ असोज २०७६

जनकपुर– दिपायलबाट निकालिएका ३ जना पत्रकारको पुनर्वहालीको माग गर्दै महोत्तरीस्थित रेडियो नेपाल प्रदेशिक प्रशारण कार्यालय बर्दिबासमा धर्ना दिएका छन् ।

२ नम्बर प्रदेश कार्यालय बर्दिवासमा रहेको रेडियो नेपालको प्रादेशिक प्रशासरण कार्यालयको मुलढोका बन्द गरेर उनीहरुले एकघण्टासम्म धर्ना दिएका हुन् ।

रेडियो नेपालबाट निकालिएका पत्रकारहरुको पुर्नवहाली र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, महासंघका केन्द्रीय सदस्यहरु देवकुमार यादव, अवधेश झा र शैलेन्द्र झा तथा पत्रकार महासंघ २ नम्बर प्रदेशका महासचिव किरण कर्ण लगायतका पत्रकारहरु धर्नामा सहभागी थिए । 

दिपायल स्थित रेडियो नेपालबाट पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवर निकालिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप