शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

आइतबार, ०५ असोज २०७६, १६ : ०५
आइतबार, ०५ असोज २०७६

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन् ।  

इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र प्यालेस्टाइनका मुद्दाहरु ज्युँकात्युँ छन् । व्यापार सम्झौताका कतिपय विषयहरु टेबलमा अलपत्र छन् । केही व्यापार सम्झौता होलान् कि भन्ने देखिए पनि कतिपय अबरुद्ध भएर थन्किएका छन् । राष्ट्रपति ट्रम्पले पटकपटक यी सम्झौताहरु तत्कालै गर्न आफूलाई हतारो नभएको बताउन थालेका छन् । हो मध्यस्थता गर्न समय अवश्य लाग्छ । उनी राष्ट्रपतिको कुर्सीमा रहेको पनि तीन वर्ष भइसक्यो र सन् २०२० को चुनाव संघारमै आइपुगेको छ । 

विगतमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका राष्ट्रपतिसँग काम गरिसकेका पूर्व विदेशमन्त्री निकोलस बन्र्स यतिधेरै सम्झौता हुन नसक्नुमा राष्ट्रपतिलाई मात्र दोष दिने ठाउँ नरहेको बताउँछन् ।  राष्ट्रपति ट्रम्प चीनका व्यापार नीतिमाथि खरो रुपमा प्रस्तुत हुनुभएको छ र यो ट्रम्पको स्वागतयोग्य कदम रहेको बन्र्सको भनाई छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन तालिबानसँग वार्तारत छ । 

‘तर पनि ट्रम्पले झण्डै तीन वर्षको अवधिमा एउटा पनि विदेश मामिला मुद्दा सुल्झाउन वा निर्णय दिन सक्नुभएको छैन,’ बन्र्सले भने । ट्रम्पका आलोचकहरुले सफलता बेगर नै राष्ट्रसंघमा उपस्थित हुँदा उनको कमजोर अवस्थालाई नै दर्शाउने बताएका छन् । केही विदेश मामिला विज्ञहरुले केही मुद्दामा अन्तर्राष्ट्रिय मध्यस्थता शुरु हुनु पनि ठूलो कुरा रहेको जनाएका छन् । एक दिन विदेशी नेतामाथि कटु आलोचना गर्ने र अर्को दिन वार्तामा बस्ने ट्रम्प नीतिका कारण सबैजसो रनभुल्लमा परेको उनीहरुको बुझाई छ । 

तर राष्ट्रपति ट्रम्पको भनाई छ, ‘सौदाबाजी गर्ने यो मेरो शैली हो । यसले वर्षौंदेखि मलाई राम्रै फाइदा दिएको छ, र मुलुकलाई पनि फाइदा पुगेको छ ।’ राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिलो मन्त्रले राष्ट्रसंघका यसअघिका महासभामा खासै प्रभाव सिर्जना गर्न सकेनन् । अहिले, अमेरिका र इरानबीच जारी द्वन्द्वका सन्दर्भमा तेहरानमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप