प्रतिनिधिमण्डलको भ्रमण र स्वागतका लागि २ करोड, दक्षिण एशियाली खेलकुदका लागि १ अर्ब निकासा
आइतबार, ०५ असोज २०७६, १५ : ०४
काठमाडौं–संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलका लागि १ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा भएको छ । अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा सो रकम निकासा गरेको हो ।
यस्तै आगामी मंसिर १५ देखि २४ सम्म हुने १३ औ दक्षिण एसिशयाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद् परिषदलाई ५५ करोड रुपैयाँ निकासा गरिएको छ ।
प्रतियोगिताको राष्ट्रिय टिमको तयारीको लागि १५ करोड रुपैयाँ, खेल सामान खरिदका लागि ३८ करोड, समारोह व्यवस्थापनका लागि एक करोड र आवास व्यवस्थापनको लागि १ करोड रुपैयाँ रकमान्तर भएको छ ।
यता खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणको लागि ४० करोड रुपैयाँ पनि राष्ट्रिय खेलकुद परिषदलाई निकासा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो