शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

आइतबार, ०५ असोज २०७६, १४ : ३०
आइतबार, ०५ असोज २०७६

सिरहा– सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार  पोखरीमा डुबेर  ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले जानकारी दिइन् । पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको जनाए । दुवै बालिकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको  इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।
स्थानीय र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको बताए । प्रहरीले उद्धारको कोसिस गरेपनि पानीभित्रै शव डुवेर रहेकोले खोज्नै समय भएको बताए । थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएका थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप