शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सांसद पाण्डेको प्रस्ताव : भिजिट नेपाल २०२० नुवाकोटको सिसडोलको फोहोरबाट सुरु गरौँ

आइतबार, ०५ असोज २०७६, १४ : १६
आइतबार, ०५ असोज २०७६

नेकपा सांसद बिन्दा पाण्डेले भिजिट नेपाल ट्वान्टी ट्वान्टी नुवाकोटको सिसडोलबाट सुरु गर्न प्रस्ताव गरेकी छिन् । 

आइतबार सांसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सरकारलाई व्यग्य गर्दै सो प्रस्ताव गरेकी हुन् । नुवाकोटको सिसडोलको फोहोर व्यवस्थापनमा भएको समस्याका बारेमा समितिमा भएको छलफलमा उनले सिसडोलको फोहोर व्यवस्थापनमा सरकारले कमजोरी गरेको बताइन् । उनले बञ्चरे डाँडालाई ५० बर्षका लागि फोहोर व्यवस्था गर्ने भनेपछि यसको विकल्प खोजिएको छैन भन्ने बुझिएको उल्लेख गरिन् । 
उनले स्थानीयको माग सम्बोधन गर्नुपर्ने माग गर्दै फोहोर व्यवस्थापन नहुने हो भने सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० पनि प्रभावित हुने उल्लेख  गरिन् । उनले व्यग्य गर्दै भनिन्

भिजिट नेपाल ट्वान्टी ट्वान्टी सिस्डोलबाट सुरु गरौं । पहिलो दिन पर्यटकलाई सिस्डोलमा बस्ने व्यवस्था गरौँ ।

उनले फोहोर कि घर घरमा व्यवस्थापन गर्ने गर्नुपर्ने कि त्यहाँको फोहोर दीर्घकालीन रुपमा व्यवस्था गर्ने गरी अघि बढ्न आग्रह गरिन् ।  

नुवाकोटको सिस्डोल र बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका बारेमा संसदको विकास तथा प्रविधि समितिले स्थानीय बासी, स्थानीय सरकारका जनप्रतिनिधी, शहरी विकास मन्त्रीलाई समितिमा बोलाएर छलफल गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप