जब आँधीमा फस्यो एयर इन्डियाको विमान...

एजेन्सी । भारतको नयाँ दिल्लीबाट कोची हुँदै तिरुवन्तपुरम गइरहेको एयर इन्डियाको विमान शुक्रबार आँधीमा फसेको छ ।
समाचार एजेन्सीका अनुसार उक्त विमानमा १७२ यात्री सवार थिए ।
आँधीमा फसे पनि यात्रुहरुलाई कुनै नोक्सानी भएन र विमानलाई सुरक्षित ल्याण्ड गराइएको थियो ।
यस घटनाको जाँच एयरलाइन्सको सुरक्षा विभागले गरिरहेको छ ।
विमानले कोचीबाट त्रिवेन्द्रमका लागि उडान भरेपछि बीच बाटोमा आँधीमा फसेको थियो । त्यसपछि ए–३२१ विमानलाई निरीक्षणका लागि तत्कालै ल्याण्ड गरिएको थियो । विमानमा सामान्य क्षति पुगेको छ ।
विमानको आपत्तकालिन ल्याण्डिङ र निरीक्षणका कारण रिटर्न फ्लाइट करीब ४ घण्टा ढिला भएको थियो ।
विमान चट्याङ चपेटामा आएको थियो
एक हप्तामा आकाशमा विमान संकटमा फँसेको यो दोस्रो घटना हो । यसअघि १७ सेप्टेम्बरमा दिल्लीबाट विजयवडाबाट जाने एयर इन्डियाको ए–३२० विमान पनि चट्याङको चपेटमा आएको थियो । सो घटनामा विमानको क्याबिन क्रुका एक सदस्य सामान्य घाइते भएका थिए । विमानका सबै यात्रु भने सुरक्षित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा