शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीले फ्यानलाई बाँडिन् टिसर्ट

आइतबार, ०५ असोज २०७६, १३ : १४
आइतबार, ०५ असोज २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘रुटिन अफ नेपाल बन्द’का तीस फ्यान भेटेकी छन् । शनिबार कमलपोखरी स्थित डिसियनको कार्यलयमा उनले ती फ्यान भेटेकी हुन् । केही पहिले ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो । जसमा १० हजार बढीले उनलाई भेट्ने इच्छा राखेका थिए । ती मध्ये विभिन्न शहरबाट छानिएका ३० फ्यानलाई शनिबार उनीसँग भेट्ने अवसर चलचित्र ‘रातोटिका निधारमा’ युनिटले जुराएको थियो ।

फ्यानहरु ‘फेभरेट एक्ट्रेस’सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा निकै खुसी देखिन्थे । उनीहरुले साम्राज्ञीसँग सेल्फी, तस्बिर दुबै खिचाए । केही फ्यानले साम्राज्ञीको अभिनय निकै मन परेको बताउँदा केहीले भने अभिनय र ड्रेसिङ सेन्सको चर्चा गरे । सोही अवसरमा साम्राज्ञीले ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक काटेर फ्यानलाई समेत खुवाएकी थिइन् ।

सो अवसरमा दर्शकसँग प्रत्यक्ष भेट्ने इच्छा भएपनि बिभिन्न कारण त्यो नहुने बताइन् । ‘फ्यानको मायाले राम्रो फिल्म गर्न आफूलाई सधैं हौसला मिल्ने गरेको छ,’ उनले भनिन् ।
उक्त अवसरमा फिल्म ‘रातोटिका निधारमा’का अभिनेता अंकित शर्मा र निर्माता निर्देशक असोक शर्माको पनि उपस्थित रहेका थिए । 


फ्यान माझ साम्राज्ञीले अंकितलाई चिनाउँदै आफु जस्तै अंकतिलाई पनि माया र हौसला दिन आग्रह गरिन् । असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’को समेत उनले प्रचार गरेक िथिइन् ।  ‘रातो टीका निधारमा’ का अभिनेता अंकितल आफू साम्राज्ञीको ठूलो फ्यान रहेको बताए । कार्यक्रममा साम्राज्ञी र अंकित दुबैले आफ्नो हस्ताक्षर रहेको फिल्मको टिसर्ट र पोस्टर मायाको चिनो भन्दै फ्यानलाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप