मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल निर्माण गर्न भ्रष्टचार बाधक : मन्त्री यादव

आइतबार, ०५ असोज २०७६, ११ : १५
आइतबार, ०५ असोज २०७६

सिरहा–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको बताएका छन् ।

सिरहाको गोलबजारमा  भएको कार्यक्रममा मन्त्री यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार विराधी आन्दोलन चलाउनुपर्ने बेला भएकाले यसका विरुद्ध नागरिक र युवा समाजले आन्दोलन गर्नुपर्ने वेला भएको दावी गरे ।

‘नेपालमा भ्रष्टाचारको जरा यति गडियो की त्यसलाई उखेल्न आन्दोलनकै आवश्यक छ’उनले भने, ‘ युवा, नागरिक समाज भ्रष्टाचार विरोधी आन्दोलन चलाउनुस्, म पनि त्यो आन्दोलनमा सहभागी हुन्छु ।’

सोही क्रममा मन्त्री यादवले आफूलाई मिडियाले भ्रष्टचारीको विल्ला भिराएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्टिकरण दिए । ‘उहाँहरुले मेरो बद्नाम गर्ने नियतले भ्रष्टाचार गरेको अफवाह फैलाएको हो, त्यसमा कुनै सत्यता छैन’, मन्त्री यादवको दावी गरे । 

मन्त्री यादवले अरुको देशबाट सामान ल्याएर बेचेरमात्र मुलुक समृद्ध नबन्ने भन्दै आफ्नै देशमा सामान उत्पादन गरेमात्र मुलुक समृद्ध बन्ने बताए । 

कार्यक्रममा नेकपाका नेता लिलानाथ श्रेष्ठले गोलबजारलाई औद्योगीक करिडोरको रुपमा विकास गर्न सरकारसँग माग गरे ।

उनले सिरहाको गोलबजार सवै हिसावले औधोगिक विकास गर्न सकिने स्थान भएकोले केन्द्रीय सरकारको नीति तथा योजनामा गोलबजारलाई औधोगिक करिडोर निर्माण गर्ने कार्ययोजना राख्न माग गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप