शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समुन्द्रमुनि गएर प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा प्रेमीको मृत्यु

आइतबार, ०५ असोज २०७६, ११ : ०४
आइतबार, ०५ असोज २०७६

एजेन्सी । अमेरिकाको लुसियाना निवासी एक व्यक्तिको आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा डुबेर मृत्यु भएको छ। 

स्टेभेन वेबर र केनेशा एन्टोइन छुट्टी मनाउनको लागि तान्जानिया गएका थिए । ती जोडी समुन्द्री किनारमा रहेको रिसोर्ट बसेका थिए । उनीहरुले बुक गरेको कोठा समुन्द्र–मुनिको भाग देखिने गरी गहिराईमा बनाइएको थियो । 

बिहीबार वेबरले समुन्द्रमा पौडी खेल्दै सोही कोठामा रहेकी आफ्नी प्रेमिकालाई कागजमा लेखेर विवाहको प्रस्ताव गरेका थिए । समुन्द्रको पानीले नभिजोस भन्नको लागि उनले कागजलाई सामान्य प्लाष्टिकले बेरेका थिए । 
वेबेरले हातैले लेखेको प्रस्तावमा लेखिएको थियो ,‘तिम्रो मन पर्ने जति पनि कुरा छन् त्यो भन्न बसे भने म यहाँ सास रोकर अडिन सक्दिन । तर तिमीमा रहेको मनपर्ने कुराप्रति ममा माया प्रत्येक दिन बढ्दै जान्छ ,’ उनले लेखेका छन् । 

त्यसपछि स्टेभनले आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राख्छन् ,‘के तिमी मेरो श्रीमती हुन्छौं । मसँग विवाह गर्छौ?’

तर उक्त प्रस्ताव गरेर वेबर सतहमा आउन सकेनन् । एन्टोइनले आफ्नो प्रेमीको मृत्युको खबर फेसबुक पोष्टबाट जानकारी गराएकी हुन् । 

वेबरले विवाह प्रस्ताव गर्दाको समयको भिडियो सहित एन्टोइनले भावपूर्ण पोष्ट गरेकी छिन् । त्यसमा लेखिएको छ, ‘तिमी त्यो गहिराईबाट माथि आउन सकेनौं । त्यसैले तिमीले आफ्नो प्रस्तावको जवाफ सुन्न पाएनौं । म तिम्रो प्रस्तावमा करौडो पटक सकारात्मक जवाफ दिन्थें ।’ 

‘हामीले सँगसँगैको बाँकी जीवनलाई अंगाल्न र रमाउन सकेनौं । किनकी हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट दिन नियती क्रुरताले गर्दा सबैभन्दा खराब दिनमा बदलियो ,’ एन्टोइनले अगाडि लेखेकी छिन् ।

‘तिम्रो अवसानअघिका केही दिन हामीले असाधारण अनुभव संगाल्यौं । हामी अन्तिम समयसम्म कति धेरै खुसी थियौं भन्ने कुरालाई सम्झेर आफूलाई सम्हाल्ने कोसिस गर्नेछु ।’ एन्टोइनले उही फेसबुक पोष्टमा लेखेकी छिन् ।
स्टेभेनको मृत्यु अघि जोडी बास बसेको मन्टा रिजोर्टले शनिबार एक विज्ञप्ती जारी गर्दै मृत्युको पुष्टि गरेको छ । 

‘हामी उनको अवसानले प्रभावित उनकी प्रेमिका, परिवार र साथीलाई हार्दिक सम्वेदना प्रकट गर्न चाहन्छौं ,’ रिसोर्टका सिईओ म्याथू सोसले भने । 

घटनाबारे स्थानीय अधिकारीले अनुसन्धान गरिरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप