बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

आइतबार, ०५ असोज २०७६, ०९ : ३७
आइतबार, ०५ असोज २०७६

महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर शनिवार राति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् । 

मिना  र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए । 

शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन् । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ , 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप