बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको निर्णायक गोल

आइतबार, ०५ असोज २०७६, ०८ : २८
आइतबार, ०५ असोज २०७६

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो । युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे । भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए ।

भेरोनाका लागि भेलोसोले २०औं मिनेटमा सुरुवाती गोल गरेका थिए । घरेलु टोलीविरुद्ध भेरोनाका स्यामुइल डि कारमाइनले पेनाल्टी चुकाएका थिए । त्यसपछि ३१औं मिनेटमा राम्सेले रोनाल्डोको पासमा बराबरी गोल फर्काए । ४९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गरेको गोल युभेन्ट्सका लागि निर्णायक बन्यो ।

कोरे गन्टरले युभेन्ट्सका जुआन कोर्डाडोलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले सही सदुपयोग गरे । खेलको अन्तिममा भेरोना १० खेलाडीमा समेटिएको थियो । मारास कुम्वुला दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थियो । जितसँगै चार खेलबाट १० अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको भेरोना १२औं स्थानमा छ ।

अर्को खेलमा इन्टर मिलानले एसी मिलानलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । इन्टरको जितमा मार्सेलो ब्रोजोभिकले ४९औं र रोमेलु लुकाकुले ७८औं मिनेटमा गोल गरेका थिए । जितसँगै इन्टरले चारखेलबाट १२ अंक बनाएको छ । ६ अंक बनाएको मिलान सातौं स्थानमा छ । अर्को खेलमा ब्रेसिकाले उडिनेसलाई १–० गोलले पराजित गरेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप