शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चीनको प्रसंशा

शनिबार, ०४ असोज २०७६, २२ : ५६
शनिबार, ०४ असोज २०७६

एजेन्सी-संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गगरेका छन् ।

चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उनले पठाएको एक सन्देशमा बताएका छन् । चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उनले बधाई सन्देशमा उल्लेख गरेका छन् ।

दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उनले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप