शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागअघि एसियन च्याम्पियनसिप खेल्दै गल्फ खेलाडी

शनिबार, ०४ असोज २०७६, २२ : १९
शनिबार, ०४ असोज २०७६

काठमाडौं- नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा रहेका गल्फ खेलाडीले सागअघि एसियन एमेच्योर गल्फ च्याम्पियनसिप खेल्ने भएका छन् । चीनको सांघाईमा सेप्टेम्बर २६ देखि २९ सम्म आयोजना हुने एसियन एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपालका शीर्ष वरियताका गल्फर सुवास तामाङ, शुक्रबहादुर राई र टंकबहादुर कार्कीले प्रतिस्पर्धा गर्दैछन् । एसिएन च्याम्पियनसिपमा विश्व वरियतामा परेका खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिता हो । यस च्याम्यिनसिपको विजेताले यूएस ओपन खेल्ने मौका पाउनेछ ।

यसैगरी यी तीन खेलाडीसहित राहुक विक र निरज तामाङले थाइल्यान्डमा अक्टोबर १ देखि ४ तारिखसम्म हुने ८५औं थाई एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल गल्फ संघका अध्यक्ष तासी घले, महासचिव सिवी भण्डारी, साग राष्ट्रिय टिम तयारी समितिका प्रमुख महेन्द्र राई लगायतले विदाई गरे । विदाई कार्यक्रममा संघका अध्यक्ष घलेले गल्फ खेलमा सागमा नेपालले पदक जित्ने लक्ष्यका सात तयारी गरेको बताए । ‘सागमा नेपालले गल्फमा पदक जित्ने पक्का छ । यदि पदक जित्न सकेनौं भने म एकदिन पनि संघमा बस्दिन,’ विदाई कार्यक्रममा घलेले भने । घलेले एसियन च्याम्पियनसिप र थाइल्यान्डको च्याम्पियनसिपले नेपाली खेलाडीको स्तरमा थप सुधार आउने दावी पनि गरे ।

विदाई कार्यक्रमा राखेपका सदस्य सचिव सिलवालले राखेपले गल्फ एकेडेमी निर्माण लागि पोखरामा ६३ रोपनी जग्गाको बन्दोबस्त गर्न लागेको बताए । सिलवालले नेपालको गल्फ कोर्सले यहीका खेलाडीलाई चिनेकोले सागमा घरेलु कोर्सको फाइदा नेपाली खेलाडीले उठाउने बताए । एसियन च्याम्पियनसिप खेल्न नेपाली गल्फ टोली आइतबार चीन प्रस्थान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप