बंगलादेशको विजयी सुरुवात
शनिबार, ०४ असोज २०७६, २१ : १२
काठमाडौं – बंगलादेशले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा बंगलदेशले श्रीलंकालाई ३–० गोलले हरायो ।
समूह ‘बी’ मा रहेको बंगलादेशले खेलको पहिलो मिनेटमै खाता खोलेको थियो । बंगलादेशका मोहम्मद तनबीर हसनले पहिलो गोल गरे ।
७७ औं मिनेटमा मोहम्मद फहीम मोरसेडले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा मोहम्मद अहमद फहिमले गोल गर्दै टोलीको जित सहज बनाएका थिए ।
समूहको दोस्रो खेलमा बंगलादेशले सोमबार भारतसँग खेल्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत छन् ।
समूह ‘ए’ मा रहेको नेपालले भने पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको छ । नेपालले आइतबार भुटानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह