भारतबाट तस्करी गरेर ल्याइएको (ब्रा) बरामद
शनिबार, ०४ असोज २०७६, २१ : ०३
काठमाडौं – भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो ।
शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
प्रहरीलाई देखेपछि ब्राको केस छोडेर दुईजना भारतीय नागरिक भारततर्फ भागेको डीएसपी मल्लले बताए ।
उनका अनुसार १२ वटा केस ब्रा बरामद गरेको हो । १२ वटा केसमा चार हजार पाँचसय साठी पिस ब्रा रहेको र एउटा ब्रा बराबरको मूल्य १५० पर्ने र त्यसको मूल्य ६ लाख चौरासी हजार पर्न आउँछ ।
बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको डीएसपी मल्लले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा