शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलिबाट दशैँका लागि बसको अग्रिम टिकट बुकिङ

शनिबार, ०४ असोज २०७६, २० : ४५
शनिबार, ०४ असोज २०७६

काठमाडौं – भोलि (आइतबार)बाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुलाइने छ । 

जसअनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।

आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप