बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रकाश दाहाल स्मृति भलिबलको उपाधि पुलिसलाई

शनिबार, ०४ असोज २०७६, १७ : ००
शनिबार, ०४ असोज २०७६

काठमाडौं – प्रथम प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा शनिबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले तीनवटै सेट समान २५–२२ ले कब्जा जमाएको थियो ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार पायो । दोस्रो भएको आर्मीले तीनलाख रुपैयाँ प्राप्त गर्यो । गण्डकी प्रदेश तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो । 

तेस्रो भएको गण्डकीले एक लाख र चाथो भएको एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पायो । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप