कविता : बा, म र दसैँ
-सूर्यप्रसाद खनाल
मैले भन्थेँ बा दसैँ आयो
बा भन्नुहुन्थ्यो यो दसैँ किन आयो ?
फेरि भन्थँे बा दसैँ आयो ।
बा भन्नुहुन्थ्यो
अस्तिको तीजले थुचुक्कै बसाल्यो ।
फेरि मलाई बसाल्न दसैँ किन आयो ।
बा म र दसैँ
म र दसैँ उस्तै उस्तै
देखिएन फरक खासै
हाम्रोे चाड दसैँ अभिन्न ।
लाग्थ्यो म र दसैँ उस्तै उस्तै
तर मेरा बा किन भिन्न ।
म पनि खर्चालु
दसैँ पनि खर्चालु
किन खुइलिए होला हरेक दसैँले
मेरा बाको तालु
त्यति राम्रो र उत्साहित दसैँले
मेरा बा किन खिन्न
उहाँको अनुहारमा उत्साह किन देखिन्न
मेरा बालाई दसैँमा
किन चिन्तित हुन पर्ने
के कारण होला
तीज दसैँले बाको तालु झर्ने
धेरै पछि थाहा भयो
खर्चको भयानक डरले
बाको ज्यूमा सुई लाएको
अहो हाम्रा रहर अनि चाडबाडले
बाको तालु खुइल्याएको
जब बा बुढा भए
बासँगै दसैँ पनि बुढो भएछ
अहिले वा हुनुहुन्न
दसैँ छैन
अर्काे साल दसैँ हुनेछ
वा हुनुहुन्न
अब दसैँ आउँछ बा आउनुहुन्न
वा नहुँदा कठै
हाम्रो पहिले जस्तो दसैँ अब कहिले आउन्न
खैर दसैँ आउँला
बाका हातको टीका लाउन पाउन्न
आशिक थाप्न पाउन्न
त्यसैले मलाई अब दसँै आउन्न
र मेरा लागि दसैँ आएको थाहा पाउन्न
मेरा बाले पनि आफ्ना हजुरबा
यसरी नै गुमाए होलान्
त्यसैले उनलाई दसँै आएन ।
अरूका लागि मनाए
तर उनको मन रमाएन
छोरा नातिका लागि खुसी देखिए
तर उनको मन खुसी भएन
उस्तै, दुरुस्तै
अब वा र दसैँको जस्तो सम्बन्ध
मेरो हुनेछ अब
दसैँ आउलान् थुप्रै वर्ष
जहान रमाउलान थुप्रै वर्ष
तर बाबिनाको मेरो दसँै
अब भिन्न हुनेछ ।
अरूका लागि खुसी हुनुछ,
तर मन खिन्न हुनेछ
प्रिय वा अर्काे साल टीकाको दिन
म साइत रोक्ने छु एकछिन्
प्रिया वा के तिमी आउँछौँ ?
मेरो निधारमा टीका लगाइदिन्छौ ?
तिम्रो हातबाट निधार भरिएपछि मात्र
दसैँ आउने मलाई
प्रिय वा तिमी त माथि हुन्छौ रे
कसैले नदेख्ने ठाउँमा हुन्छौ रे
बा म त्यो दिन एकछिन्
सबैलाई बाहिर पठाउँछु
र म पनि आँखा चिम्म गर्छु
हामी कसैले तिमीलाई हेर्ने छैनौँ
तिमी सुत्ने खटियाको माथि
दलिनको चरबाट लुकेर
खुसुक्क मेरो निधार भरिदिनु है बा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा