बजार अनुगमन भएन
बैतडी–कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा बजार अनुगमन हुन नसकेको बैतडीमा नेपालीको मुख्य चाड दशैँतिहार नजिकिँदापनि बजार अनुगमन शुरु हुन सकेको छैन । उपभोक्ताको हितको लागि दशैँितहारलाई लक्षित गरेर केही दिनमै बजार अनुगमन कार्य थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरी दुई कलस्टर बनाइएको छ । क्षेत्रगत रुपमा जिल्लाका मुख्यमुख्य बजार गोठलापानी, शाहीलेक, देहीमाडौँ, पाटन, खोडपे, पुर्चौडी, मेलौलीलगायतका रहेका छन् ।
विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्तिलगायतका रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भए पनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको उनले बताए ।
बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिन्छ । बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् । बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने दोगडाकेदार–३ श्रीकोटका गणेश विष्टको भनाइ रहेको छ । बजारमा बिक्री हुने सामग्री विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने उनले बताए ।
बजार अनुगमन नियमितरुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने गुरुखोला स्वास्थ्यचौकीका अहेव लवदेव भट्टको भनाइ रहेको छ । चाडपर्व लक्षित मात्रै नभएर समयसमयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने खोचलेक बजारका एक व्यवसायी दीपेन्द्र कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा एक जना जीवितै
-
‘सारंग’ फिल्मबारे यस्तो छ ऋचाको अनुभव
-
जब कडा सुरक्षा घेरा तोड्दै विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे ...
-
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
-
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको खण्डन : आदेशमाथि स्वच्छ टिप्पणी गर्न पाइन्छ त्यही गरेको हुँ
-
विराट एक्स्पोमा खारेजीमा परेको संस्थाले स्टल राखेपछि खैलाबैला