नवलपुरमा लागु औषधसहित २ जना पक्राउ
शनिबार, ०४ असोज २०७६, १० : ४४
बुटवल । नवलपुरको देवचुली नगरपालिकाबाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली-१५ धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीका ३२ वर्षीय डेबिड क्षेत्री र २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्दा फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा