शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विक्रम ल्याण्डरसँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य

शनिबार, ०४ असोज २०७६, १० : १८
शनिबार, ०४ असोज २०७६

एजेन्सी । चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ ।

विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको १४ दिन पुगेको छ । 

प्रज्ञान नामको रोभर बोकेको विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहभन्दा २.१ किमिमाथि सम्पर्कविच्छेद भएको थियो । विक्रम ल्याण्डरलाई भारतको महत्त्वकाँक्षी चन्द्रयान–२ अभियानले चन्द्रमाको कक्षमा पुर्याएको थियो ।

सम्पर्क टुटेदेखि नै उक्त ल्याण्डर पठाएको भारतीय अतरिक्ष अनुसन्धान संगठन(इसरो)ले त्योसँग सम्पर्क पुनर्स्थापित गर्ने प्रयास गरिरहेका थिए । तथापि शनिबार यसको समय सकिनेछ ।

सम्पर्क टुटेको भोलिपल्ट इसरोले ल्याण्डरलाई चन्द्रमा सतहमा देखेको सार्वजनिक ग¥यो । चन्द्रयान–२ को अर्विटरमा रहेको क्यामेराले ल्याण्डरलाई देखेको थियो । 

तस्विरमा ल्याण्डर सग्लो, नटुक्रिएको र केही ढल्किएको अवस्थामा देखिएकाले इसरो अधिकारीहरुले त्यसमा पुनःसम्पर्क हुने सम्भावना व्यक्त गरेका थिए । 

तर ल्याण्डरलाई सुचारु राख्ने व्याट्रीको उर्जा सकिएकाले अब त्यसको सम्भावना अन्त्य भएको छ । 

विक्रम–ल्याण्डरलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएर भारत चन्द्रमामा मानव निर्मित यान ओराल्ने चौथो राष्ट्र बन्न चाहन्थ्यो । 

यसअघि अमेरिका, रुस र चीनले मात्र यो सफलता हासिल गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप