यार्सागुम्बा बेचेर मोटरसाइकल
तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।
डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । तर यो दुर्गम गाउँमा ३०० भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दुरीमा छ । यहाँका छ वटै वडामा मोटरसाइकल चलिरहेका छन् ।
स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्. । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् । मोटर साइकल पनि सोही बेला खरिद गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी