प्रचण्ड नेपालका नेता हुन् कि दिल्लीका दूत हुन् चिन्न गाह्रो भोः बिजुक्छे
भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीका दूत हुन वा नेपालका नेता हुन् भनेर साधारण जनतालाई बुझ्न गाह्रो भएको बताएका छन् ।
भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशनको उद्घाटन समारोहमा बोल्दै बिजुक्छेले सो कुरा बताएका हुन् । अध्यक्ष बिजुक्छेले प्रचण्ड र उनले नेतृत्व गरेको तत्कालीन दल माओवादी केन्द्रप्रति कटाक्ष गर्दै भने, ‘एमाओवादी अराजकवादी दल एमालेजस्तै पुँजीवादी भासमा गएर कहिल्यै नउम्कने गरि पतन भएको छ ।’
अहिलेको नेकपाले निर्वाचनमा बहुमत ल्याएर नेपाली काँग्रेसलाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहिन राजनीति गरिरहेको बिजुक्छेको आरोप छ । ‘सैद्धान्तिक रुपले आफुहरुसँग पटक्कै नमिल्ले क्षेत्रीयतावादी र अवसरवादीसँग मिलेर निर्वाचनलाई प्रयोग गरि सरकारमा जाने उद्देश्य राख्नु माक्र्सवाद नभएर संशोधनवाद र अवसरवाद हो,’ अध्यक्ष बिजुक्छेले भने ।
बन्दुक बोक्नेनै कम्युनिष्टको कसी हुने भए पृथ्वीनारायण शाह, राणा शासक, काँग्रेस सबै कम्युनिष्ट हुने थिए भन्दै बिजुक्छेले प्रश्न गरे, के उनीहरु पनि अब कम्युनिष्ट हुने भए त ? अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको संसदमा विरोध गर्नु क्रान्तिकारी संसदवाद भएको बिजुक्छेको भनाई छ ।
नेमकिपाका सचिव प्रेम सुवालले भारतले खुल्ला सीमाकै दशगजामा पाँच दर्जन भन्दा धेरै बाँध बनाउने कार्यको पार्टीले निरन्तर विरोध गर्दै आएको बताए । ‘सडकमा हुँदा सीमा विवादको विषयमा कराउने वर्तमान नेकपाका नेताहरु सरकारमा गएपछि चुइँक्क बोल्दैनन्,’ सुवालले भने ।
उद्घाटन समारोहमा केन्द्रीय सदस्य सुनिल प्रजापति, डिल्ली काफ्ले, अनुराधा थापा मगरलगायतले देशमा संघीयता लागू भएपनि वर्तमान सरकारले स्थानीय तहलाई अधिकार दिन नचाहेको बताए । भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा उद्घाटनस्थलमा पुगेको थियो ।
२०३१ साल माघमा पार्टी स्थापनाकालदेखि हालसम्म पटक–पटक नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुदैं आएका छन् । नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।
यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठौं महाधिवेशन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई