शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘छ माया छपक्कै’को ट्रेलरमा राजनीति र प्रेम

शुक्रबार, ०३ असोज २०७६, १९ : ०३
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं – फिल्म ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार नयाँ बानेश्वर स्थित ‘वान सिनेमाज्’मा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो ।
 
राजनीति पृष्ठभूमिमा प्रेम मिसाइएको ट्रेलरमा फिल्मका प्रायः सबै कलाकार अटाएका छन् । ट्रेलरबाट कलाकार दीपकराज गिरी राजनीति नेता र अभिनेत्री केकी अधिकारी उनको प्रेमीका तथा कार्यकर्ताको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ । 

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई फिल्ममा समेटिएको कलाकार दीपकले कार्यक्रममा बताए । ‘ट्रेलरबाट नै हाम्रो अन्य फिलम भन्दा यो केही गम्भिर भएको अनुमान लगाउन सक्नुहुन्छ,’ दीपकले थपे ।

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपक र केकीको अलवा केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ । 

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लको सम्पादन रहेको छ । 

केदार प्रसाद घिमिरे कार्यकारी निर्माता रहेको फिल्म रोहित अधिकारीले निर्माण गरेका हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप