बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मार्ग ईआरपी नेपालमा, लघु, साना तथा मझौला उद्योगलाई साथ दिने

शुक्रबार, ०३ असोज २०७६, १८ : ५८
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– मार्ग ईआरपी लिमिटेडको नेपाल च्याप्टरको सफ्टवेयरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुध्रिढ बनाउने भएको छ ।

नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको हो । नेपाल च्याप्टर ‘नेपाल ईआरपी इन्टप्र्राइजेज्’ अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि नै एमएसएमई क्षेत्रलाई डिस्रप्ट गर्न शुरु गरिसकेको छ । 

कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढि उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । कम्पनीको भर्टीकल तथा होरिजेन्टल विस्तारका लागि उनीहरुले थप मानव जनशक्ति नियुक्त गर्दैछन् ।   

देशका सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्र्राइजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट पनि आयोजना गरेको थियो । मार्ग ईआरपीका भारतका कन्ट्री हेड प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंहले सम्बोधन गरेको उक्त बैठकमा नेपालका सातै वटा प्रदशेका साझेदारहरुको उपस्थीति रहेको थियो । 

विकासको मार्गमा प्रगति गर्दै मार्ग ईआरपीले नेपालमा ठुला अप्रेसनहरु शुरु गर्यो र बैठकमा आफ्नो वृद्धि रोडम्याप पनि आदन–प्रदान गरेको थियो । यी सम्मानित संघहरुले कम्पनीको समाधानहरुप्रति प्रतिबद्धिता देखेका छन् र यस सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्न सहमत भएका छन् । 

मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न  देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको छ ।

कम्पनीको योजना र यसको भावी योजना बारे बोल्दै मार्ग ईआरपी लिमिटेडका प्रबन्ध निर्देशक सुधिर सिंहले भने, ‘नेपालको लघु, साना तथा मझौला उद्योग आकर्षक छ र विश्वव्यापी बजारका लागि बेजोड अफरहरु रहेका छन् । हामी लघु, साना तथा मझौला उद्योगसँग मिलेर काम गर्न र उनीहरुको विकासको यात्रामा सक्दो तथा सम्भव भएसम्म समर्थन गर्न प्रतिबद्ध छौं । अत्याधुनिक टेक्नोलोजी सोलुसन, गुणस्तरीय सेवा प्रदान गर्न तथा ग्राहकहरुको समिप पुग्न हामी हाम्रो उपस्थीतिलाई बढाउनुका साथै कोरलाई सुद्दढ गरिरहेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप