७ खम्बे सिद्धान्त अघि सार्दै एनआरएन उपाध्यक्षमा डा केसीको औपचारिक उम्मेदवारी
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को निर्वाचन नजिकिँदै जाँदा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नेक्रम धमाधम रुपमा भइरहेको छ ।
संघको अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्त र महासचिवमा सल्लाहकार हेमराज शर्माले औपचारिक उम्मेदवार घोषणा गर्दा उपाध्यक्ष पदमा वर्तमान महासचिव डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
डा केसीले एक घोषणा पत्र सार्वजनिक गर्दै विगतमा आफूले महासचिव हुँदा संस्थाको सुधारका लागि गरेको कामको फेहरिस्तसहित आगामी दिनमा उपाध्यक्षको रुपमा गर्ने थप कामको विवरण उल्लेख गरेका छन् ।
एनआरएन जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा नेतृत्व चयन गरिनुपर्ने अडान लिँदै आएका केसीले आगामी दिनमा पनि आफू यसविषयमा अडिग रहने बताएका दछन् ।
नेपाल बाहिर बस्ने ५० लाख भन्दा बढी नेपालीको साझा संस्था एनआरएनलाई थप प्रभावकारी बनाउन केसीले घोषणापत्रमार्फत ७ खम्बे सिद्धान्तलाई अघि सारेका छन् ।
७ खम्बे सिद्धान्तमा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धन गर्ने, गैर आवासीय नेपाली फाउन्डेशन स्थापना गर्ने र त्यसैबाट परोपकारका काम गर्ने, ज्ञान, शिप तथा सिर्जनात्मक काम नेपालमा भित्र्याउने, नेपाल पोलिसी इन्सिच्यूटमार्फत नेपालको विकास निर्माणमा सहयोग गर्ने, नेपालको भाषा, कला तथा संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्ने र युवा, महिला तथा दोस्रो पिढीका एनआरएनलाई संस्थामा प्रतिनिधित्व गर्ने रहेका छन् ।
रसिया कर्मभूमि भई १६ वर्षदेखि एनआरएनमा क्रियाशिल केसी साधारण सदस्य, रास्ट्रिय समन्वय परिषद्को महासचिव, दुई कार्यकाल अन्तर्रास्ट्रिय समन्वय परिषद् केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय महासचिव भइसकेका व्यक्तित्व हुन् ।
संस्थामा आफूले पुर्याएको योगदान, अनुभव, संस्था प्रतिको इमान्दारिता एवम् लगनशीलताको कदर गर्दै फेरि पनि उपाध्यक्षमा विजयी गराए आफूले ७ खम्बे सिद्धान्तलाई अबलम्बन गरि संस्थालाई ननयाँ उचाईमा पुर्याउने केसीले प्रतिबद्धता जनाएका छन् ।
घोषणा पत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण