केन्द्रीय संस्करण

पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पका साथ विशेष पूजा

person explore access_timeअसोज ३, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
 
यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी भएका थिए ।  यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गरिने जनाइएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.