शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रम ओलीमाथि देउवाको व्यङ्ग्य : आफ्नै मन्त्रीको विश्वास नगर्नेले कसरी देश चलाउन सक्छ ?

शुक्रबार, ०३ असोज २०७६, १६ : ५३
शुक्रबार, ०३ असोज २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन पक्ष चिन्ताजनक रहेको बताएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलनका शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानको स्प्रिटअनुसार त्यसको कार्यान्वयन हुन सकेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित संविधान हो । जसमा महिला, दलित, मधेशी, आदिवासी जनजातीहरुको अधिकार सुरक्षित गरिएको छ । संविधानको सबैभन्दा महत्त्वपूर्ण पक्ष भने कार्यान्वयन पक्ष हो । तर कार्यान्वयन पक्ष चिन्ताजनक छ ।’

सरकार लोकतन्त्रको मूल्यमान्यको विरुद्धमा उत्रिएको सभापति देउवाको आरोप थियो । उनले भने, ‘सरकार संविधानको स्प्रिटविपरीत जनताको मौलिक अधिकारमाथि अंकुश लगाउँदै छ । काँग्रेस त्यसको खिलाफमा उत्रिन्छ । प्रजातन्त्रमा हामीले कुनै सम्झौता गर्नै सक्दैनौँ ।’

सभापति देउवाले प्रधानमन्त्रीले आफ्ना मन्त्रीमाथि पनि विश्वास नगरेको बताए । ‘प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीमाथि विश्वास छैन । यस्ताले देश चलाउन सक्छ ?’ उनको प्रश्न थियो ।

सरकारले प्रहरी र प्रशासनलाई पार्टीकरण गरेको सभापति देउवाको आरोप थियो । उनले, ‘प्रहरी प्रशासन जनताले तिरेको करबाट सञ्चालन भइरहेको छ । प्रहरी र कर्मचारीलाई पार्टीका कार्यकर्ता बनाउन पाइन्छ ? यस्तो कुरा हामीलाई मान्य हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप