
स्ट्याण्डर्ड चार्टर्डलाई ‘ए’ श्रेणी प्रदान

काठमाडौं– नेपालको पहिलो सम्मान श्रेणी निर्धारण गर्ने एजेन्सी आइसीआरए नेपाल र भारतीय आइसीआरएको सहायक निकायद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘ए’ श्रेणी प्रदान गरिएको छ ।
एससीबीलाई आइसीआरएएनपी–आइआरद्वारा जारी श्रेणीमा तीनवटा विधामा ‘ए’ श्रेणी प्रदान गरिएको हो ।
श्रेणी मूल्याँकनको आधार वित्तिय दायित्वहरुको समयमै सेवासँग सम्बन्धित सुरक्षाको उच्च डिग्री हुनुलाई लिइन्छ । यसप्रकारका जारीकर्ताहरुले अत्यन्त कम क्रेडिट जोखिम बहन गर्दछन् ।
श्रेणी निर्धारण कार्यको कारक बैंकको मजबुत अविभावकत्व (स्ट्याण्डर्ड चार्टर्ड समुहको ७० प्रतिशत हिस्सा) मानिएको छ । साथै एससीबी–युकेसँग गरिएको विद्यमान प्राविधिक सेवा सम्झौता पनि भएको बैंकले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ